आरसलाई हराउँदै आर्मी फाइनलमा, उपाधिका लागि मकवानपुर-११ संग भिड्ने
मकवानपुर । हेटौँडामा जारी स्थानीय तह शहिद स्मृति अन्तराष्ट्रिय गोल्डकप अन्तरगत बिहिबार भएको खेलमा विभागीय त्रिभुवन आर्मी क्लबले जित हात पारेको छ ।
क्यामरुनी क्लब अफ्रिकन रुट्स एसोसियसन (आरस) लाई १–० गोल अन्तरले पराजित गर्दै आर्मी क्लबले जित हात पारेको हो ।

अत्यन्तै प्रतिस्प्रधात्मक खेलामा त्रिभुवन आर्मी क्लबको तर्फबाट दोस्रो हाफको ६८ औं मिनेटमा गोल गर्दै जित हात पारेको हो । यो जितसँगै त्रिभसवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ ।
पहिलो हाफमा गोलरहित बराबर खेलेका दुबै टिमले दोस्रो हाफमा आर्मीलेपाएको एक मौकाको फाइदा उठाउँदै गोल गर्न सफल भयो ।

आसरले पाएको मौकाको सदुपयोग गर्न नसक्दा आरसले खेलमा पराजित हुनु पर्यो । आर्मीका लागि जर्सी नम्बर ११ का आशिष शाक्यले गोल गरे ।
निर्धारित समयमा आरसले गोल गर्न नसक्दा आशिषको गोल नै निर्णायक सावित भयो ।
तुलनात्मक रुपमा मध्यम स्तरको खेल प्रर्दशन गरेको आर्मीलाई आरसले दबाबमा राख्न सफल भएको थियो । दबाबमा परेको आर्मीले टिमको डिफेन्स बलियो बनाउँदा आर्मीले फाइनलयात्रा तय गरेको हो । आरसले पाएको गोल गर्ने मौकाहरु अरुलाई सदुपयोग गर्न नसक्दा खेलमा बलियो मानिएको आरस घर फर्कन बाध्य भए ।

उत्कृष्ट खेल प्रदर्शन गर्दै आर्मीका क्याप्टेन जर्सी नम्वर २७ का टेकबहादुर बुढाथोकी खेलको म्यान अफ द म्याच घोषित भए ।
फइनल खेल आगामी चैत्र ७ गते शनिबार आर्मी र आयोजक जिल्ला फुटबल संघ मकवानपुरको टिम रिगल हेटौंँडा रिसोर्ट मकवानपुर–११ बीच हुनेछ ।

