प्रहरीले गरेको ईन्काउन्टरको विरोधमा मौन विरोध

तु खबर संवाददाता
२०७४ बैशाख १४, बिहीबार २१:५९

हेटौँडा, ७ भदौ । गएको साउन ललितपुरको कुसुन्तीमा प्रविन खत्री नाम गरेका व्यक्तिलाई गोली हानि मारिएको विरोधमा हेटौँडामा पूर्व लागुऔषध प्रयोगकर्ताहरुको समूहले मौन विरोध प्रदर्शन गरेका छन् । आज हेटौंडाको बुद्ध चोकमा पुलिस प्रशासनले ईन्काउन्टरको नाममा हत्या नै गरेको हो भन्ने आशंका गर्दै बिरोध जनाइएको स्थानीय सन्दीप शाक्यले जानकारी दिए ।

आज साँझ ५ बजेदेखि ६ बजेसम्म गरिएको मौन विरोधमा विभिन्न नाराहरु लेखिएको प्ले कार्ड समेत प्रयोग गरिएको थियो । पूर्व लागुऔषध प्रयोगकर्ताहरुको समूहले ईन्काउन्टरमा मारिएका भनिएका व्यक्ति पूर्व लागुऔषध प्रयोगकर्ता मात्र भएको र उनले अपराध नै गरेको भए पनि ईन्काउन्टरको नाममा सिधै गोली हान्नु मानव अधिकार विपरित भएको दाबी गरेका छन् ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*