पुजारी पुण्डरीका

चन्द्रबहादुर श्रेष्ठ
२०७७ मंसिर १३, शनिबार १५:०८

पण्डरमा भगवान विठलको मन्दिर रहेछ । त्यहांका पुजारी पुण्डरीका रहेछन् । उनी मातापिताका आज्ञाकारी थिए । बालककालदेखि नै माता पिताको सेवा गरी बस्दथे । उमेर पुगेपछि एक धनवानकी छोरीसँग विवाह भयो ।

केही महिना बितेपछि पत्नीले यो बुढाबुढी भएसम्म हामीले सुख पाउन सक्दैनौ, यिनीहरुलाई धर्मशालामा पु¥याइ दिनुप¥यो भनेपछि पुण्डरीकालाई अति दुःख लाग्यो । मैले सेवा गरी आएको आमाबुबालाई कसरी धर्मशालामा लाने ? साह्रै चिन्ता प¥यो । दिनदिनै श्रीमतीको करकर सुन्नै नसकिने भयो । रातभर निन्द्रा परेन र आफ्नो घरदेखि १–२ कि.मि टाढा सन्त रविदासले बनाएको धर्मशालामा दुवै मिलि दुबै बुढाबुढीलाई लिएर गए । २ कोठाको बुकिङ गरे । अलग २ कोठामा आफु बसे । यता धर्मशालामा पनि पुण्डरीकालाई निन्द्रा परेन । बिहान मिरमिरे उज्यालो भएपछि पुण्डरीकाको मन एक्कासी परिवर्तन भयो, अनि प्यारी पत्नी, अब मैले आमाबुबालाई छोड्न नसक्ने भए भने ।

तब उनकी पत्नीले अब उप्रान्त तिमी आफु खुसी गर, म आफ्नै खुसी गर्नेछुु । भनी कटु बचन प्रहार गरी घनाढ्यकी छोरी अहंकार गर्दाै माइती हिंडी । यता पुण्डरीकाले आमाबुबालाई घर फिर्ता लगे, बुढालाई जहिले पनि धर्मशाला लान ताकेता गरी रहन्थ्ये । केही महिना बितेपछि उता माईती घरबाट पत्नीलाई ताकेता गर्न थालियो, तिम्रो घर यो होईन पतिको घर जाउ । उता माइतीबाट बारम्बार यस्तो तकेता हुन थाल्यो । पत्नी मानीनन् र घरको न घाटको भइन् ।

भिष्य पितामहले अपहरण गरेर ल्याएको जस्तो घटना घट्यो । मागन्ती अब न पतिको घर जान सकी, न माईती नै जान सकी, घुम्टो ओढी कसैले नचिनिने गरी रात परेपछि एक मन्दिरको परिसरमा घुम्टोले छोपी रात बिताउँन थालिन । यसै क्रममा हरेक दिन बिहान यही मन्दिरमा पुण्डरीकाले मन्दिर खोली पुजा गर्थे ।

पुण्डरीका घर भएको बेलामा भगवान बिठल पुण्डरीकालाई भेट्न आए र बोलाए छन्, पुण्डरीका भनी जोड जोडले बोलाए । बिठलले छिटै आउनु भनि ताकेता गरे पनि पुण्डरिकले झ्यालबाट हेरी ‘म आमा बुबाको सेवा गरी रहेको छु’ भनि झ्यालबाट एउटा इट्टा फालिदिए । यसमा बसि रहनु भने । बिठल भगवान इट्टामाथि उभिरहे । पुण्डरीकलाई साथमा लिई मन्दिरमा पुगे र बिठल अन्तरध्यान भए । उता १–२ दिन बितेपछि मागन्तीलाई भोकले सताउन थाल्यो पुजारीले प्रसाद बांढने बेलामा नचिने जस्तो गरी घुम्टो ओढी २ हातमा प्रसाद थापे पुजारी निकै दयालु थिए ।

हात हेर्दा १२–१४ बर्षकी जस्तो कोमल सुकुमारी देखिनेलाई प्रसाद धेरै दिन्थे । प्रसाद खाई भोक मेटाउँथे । २–४ दिन बित्यो कति भोक सहेर बस्ने लगाएको कपडा पनि मैलो भइसके, फेर्ने कपडा पनि छैन । पति देवले पुजा गरी सकेपछि अन्त्यमा घुम्टो फ्याँकी परिचय दिईन । पुण्डरीकाको दुवै खुट्टा समाती, ‘मलाई माफ गर, मैले धेरै गल्ती गरे’ भनिन् । पुण्डरीकाले पनि ‘मलाई पनि माफ गरी देउ’ भनि दुवै हात समाती घर गएर सुखपूर्वक जीवन बिताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*