विश्व-संजय बज्जिका पाण्डुलिपी पुरस्कारका लागि छनौट समिति गठन
विश्व- संजय बज्जिका साहित्य पाण्डुलिपी पुरस्कार छनौट गर्ने प्रयोजनका लागि समिति गठन गरिएको छ । बज्जिका साहित्य संगम रौतहटले व्यवस्थापन गर्ने सो पुरस्कारका लागि साहित्यकार विश्वराज अधिकारी, रामचन्द्र महतो कुशुवाह र किशुन दयाल श्रीकृष्ण रहेको छनौट समिति गठन गरिएको छ ।
विश्व -संजय बज्जिका साहित्य कोषमा प्राप्त रकमको ब्याजले हरेक वर्ष एक जना साहित्यकारको कृतिलाई यो पुरस्कार प्रदान गरिने छ । २०२६ को लागि पुरस्कार छनौट गर्न समिति बनाइएको हो ।
करीव दुई महिना अघि पुरस्कारका लागि पाण्डुलिपी माग गरिएको थियो, प्राप्त पाण्डुलिपी मध्ये एक जनाले पुरस्कार प्राप्त गर्नेछन् । अमेरिका निवासी अधिकारी, बज्जिका साहित्य संगम सर्लाहीका अध्यक्ष कुशुवाह र रौतहटका अध्यक्ष श्रीकृष्ण बज्जिका भाषा र साहित्यको श्रीवृद्धिमा लामो समयदेखि क्रियाशील छन् ।
