बढ्यो सुनको मूल्य, बिहिबार प्रतितोला कति ?

तु खबर संवाददाता
२०८२ मंसिर २५, बिहीबार ११:३७

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले बढेर प्रतितोला तीन हजार ८०५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।