यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

तु खबर संवाददाता
२०८२ मंसिर २५, बिहीबार १०:२३
file-photo

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ १४ पैसाले बढेर एक डलरको खरीदमूल्य १४३.८२ रुपैयाँ र बिक्रीमूल्य १४४.४२ रुपैयाँ निर्धारण भएको छ।

यस दिन एक क्यानेडियन डलरको खरीददर १०४.०३ रुपैयाँ र बिक्रीदर १०४.४६ रुपैयाँ तोकिएको छ भने १० जापाजिन येनको खरीददर ९.२५ रुपैयाँ र बिक्रीदर ९.२९ रुपैयाँ तोकिएको छ।

त्यसैगरी १०० दक्षिण कोरियन वोनको खरीदमूल्य ९.८० रुपैयाँ र बिक्रीमूल्य ९.८४ रुपैयाँ कायम हुँदा एक कुवेती दिनारको खरीदमूल्य ४६८.४५ रुपैयाँ र बिक्रीमूल्य ४७०.४१ रुपैयाँ कायम भएको छ।