लगानीकर्तामा उत्साह बढ्दै, बजार लगातार हरियालीतर्फ

तु खबर संवाददाता
२०८२ मंसिर ८, सोमबार १५:१४

काठमाडौं । गत सातामा ओरालो यात्रामा लागेको शेयर बजार यो साताको आईतबारदेखि हरीयालीतर्फ अघि बढेको देख्न सकिन्छ ।

प्रथम त्रैमासको वित्तिय विवरण कुरेर बसेका लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेका थिए । सो पश्चात् बजार पुन घट्न थालेसँगै बैंकहरुले शेयर धितो कर्जाको ब्याज दर घटाउन थालेसँगै शेयर बजारमा उत्साह छाउन थालेको छ । बैंकहरुले आधार दरमा नै शेयर धितो कर्जा उपलब्ध गराउन थालेका हुन् । केही दिन अघि मात्रै एनआईसी एशिया बैंकले यो सुविधा प्रदान गरेको थियो अन्य बैंकहरुले पनि यस्तो सुविधा ल्याउने तयारी लागेका छन् । सो कारण पनि लगानीकर्ताहरुमा उत्साह बढेको देख्न सकिन्छ ।

साताको दोस्रो दिन आज नेप्से ४७।२२ अंकले बढ्दा २६४७।४४ को विन्दुमा कायम भएको छ ।

३३० सूचीकृत कमपनीको १ करोड ४० लाख ४१ हजार ९ सय ३५ कित्ता शेयर खरिदबिक्रि हुँदा ६ अर्ब ९४ करोड २७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आज नेपाल लाइफ र नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ ।
त्यस्तै, झापा इनर्जी र सागर डिष्टलरीका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् ।