काठमाडौंमा दुर्गा प्रसाईँको पक्राउविरुद्ध समर्थकको प्रदर्शन
काठमाडौं। काठमाडौंमा दुर्गा प्रसाईँलाई प्रहरीले पक्राउ गरेको निर्णयको विरोधमा उनका समर्थक सडकमा ओर्लिएका छन्। उनीहरू जिल्ला प्रशासन कार्यालय काठमाडौंको अगाडि जम्मा भएर नाराजुलुश प्रदर्शन गरिरहेका छन्।
प्रहरी पर्याप्त संख्यामा परिचालन गरिएको छ भने प्रदर्शनकारीहरूले प्रसाईँलाई रिहा गर्न दबाब दिइरहेका छन्। मंसिर ७ बाट आन्दोलनको तयारीमा रहेका प्रसाईँले हिंसा र अराजक गतिविधिमा उक्साउने अभिव्यक्ति दिएका थिए। त्यसपछि उनलाई मध्यरातमा पक्राउ गरिएको हो।
हाल दुर्गा प्रसाईँमाथि म्याद थप गर्ने प्रक्रिया अघि बढाइएको छ।



