रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दाको आज सुनुवाइ

तु खबर संवाददाता
२०८२ कार्तिक २०, बिहीबार १२:५८
file-photo

काठमाडौँ ।रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराधसम्बन्धी अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा आज उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा सुनुवाइ हुँदैछ।सुनुवाइ न्यायाधीशद्वय बासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासमा तोकिएको हो। यसअघि कात्तिक १३ गते निर्धारण गरिएको पेसी जोशीका कानुन व्यवसायीले निवेदन दिएपछि स्थगित भएको थियो।

रविलामिछाने र छविलाल जोशी दुवैको मुद्दा एउटै प्रकृतिको भएकाले अदालतले यी दुई मुद्दा एकैसाथ राखेर हेर्ने आदेश पहिले नै दिएको थियो। रजिस्ट्रार अमित उप्रेतीका अनुसार आज दुवै मुद्दा संयुक्तरूपमा हेर्ने तयारी भएको छ।यसअघि अदालतले लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन माग गरेको थियो। भदौ ११ गते न्यायाधीश सागर विष्टको इजलासले जिल्ला अदालत रुपन्देहीले आदेश गरेको मिसिल र त्यसको आधारसमेत उल्लेख गरी प्रतिवेदन माग गरेको थियो।

अभियोगपत्र अनुसार लामिछानेसहितका प्रतिवादीले १० करोड ९९ लाख ३६ हजार रुपैयाँ बराबरको सामूहिक बिगो पु¥याएको दाबी गरिएको छ।जोशीले धरौटीमा रिहा गर्न माग गर्दै निवेदन दिएका छन्। अदालतले सो निवेदनमाथि पनि आजकै इजलासमा सुनुवाइ गर्ने तयारी गरेको छ।