राष्ट्रपति रामचन्द्र पौडेल कतार प्रस्थान

तु खबर संवाददाता
२०८२ कार्तिक १७, सोमबार ०९:३५
file-photo

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज कतार भ्रमणका लागि प्रस्थान गरेका छन् । उनी आज बिहान करिब ९ बजेर १० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारतर्फ प्रस्थान गरेका हुन्।

राष्ट्रपति पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, नेपालका लागि कतारका राजदूत, उच्च सरकारी अधिकारीहरू तथा सुरक्षा निकायका प्रमुखहरूले बिदाई गरेका थिए।

राष्ट्रपति पौडेलले कतारमा आयोजना हुने ‘सेकेण्ड वर्ल्ड समिट फर सोसल डेभलपमेन्ट’ कार्यक्रममा सहभागी हुनेछन्। उक्त सम्मेलन कात्तिक १८ गतेदेखि २० गतेसम्म दोहा, कतारमा हुँदैछ।

कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा राष्ट्रपति पौडेल सहभागी हुन गएका हुन्। उनले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कात्तिक २० गतेसम्म कतारको औपचारिक भ्रमण गर्ने कार्यक्रम छ।