काठमाडौंमा फोहर संकलनमा असुविधा, फोहर ननीकाल्न आग्रह

तु खबर संवाददाता
२०८२ कार्तिक १४, शुक्रबार १४:१७

काठमाडौं ।काठमाडौं महानगरपालिकाले फोहर व्यवस्थापन कार्यमा अस्थायी असुविधा हुने भएकाले सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ।

महानगरले जारी गरेको सूचनामा भनिएको छ कि बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल्ड साइटमा फोहर व्यवस्थापन अवरुद्ध भएकोले काठमाडौं उपत्यकाका फोहर संकलन र ढुवानी कार्य अस्थायी रूपमा रोकिएको छ।

महानगरपालिकाले फोहर ननिकाल्न आग्रह गर्दै घरपरिवार र व्यवसायीहरूलाई फोहरलाई सुरक्षित रूपमा राख्न र सडक वा सार्वजनिक स्थलमा नफ्याँक्न अनुरोध गरेको छ।

फोहर व्यवस्थापन कार्य सामान्य अवस्थामा फर्कने बित्तिकै जनतालाई जानकारी गराइने महानगरले जनाएको छ।