काठमाडौं महानगरद्वारा राममन्दिर परिसरमा डोजर
काठमाडौँ । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित कालमोचन क्षेत्रभित्र रहेको राममन्दिर परिसरमा बनेका अवैध व्यावसायिक टहराहरू भत्काएको छ।
शुक्रबार महानगरपालिकाको टोलीले डोजर प्रयोग गरी सो क्षेत्रमा निर्माण भएका टहरा र अस्थायी संरचना हटाएको हो। महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार गुठी संस्थानको जग्गामा अवैध रूपमा बनाइएका संरचनाहरू भत्काइएका हुन्।
उनले भने, “गुठी संस्थानको जग्गा हडपेर अस्थायी घर र टहरा बनाइएको थियो। ती सबै अवैध संरचना आज भत्काइएका छन् र जग्गा खाली गरिएको छ।”
महानगरले हालै विभिन्न क्षेत्रका सार्वजनिक भूमि र गुठी जग्गामा बनेका अवैध संरचना हटाउने अभियान तीव्र बनाएको छ।



