सातै प्रदेशमा वर्षा, कोशी–बागमती–गण्डकीमा हिमपातको सम्भावना

तु खबर संवाददाता
२०८२ कार्तिक १४, शुक्रबार ०९:२९
file-photo

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशभर वर्षा र केही स्थानमा हिमपातको सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा भारी वर्षाको सम्भावना छ। सोही क्रममा कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

त्यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति कोशी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना रहेको छ भने बागमती प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। बाँकी प्रदेशहरूमा भने केही स्थानमा हल्का वर्षा हुने संभावना रहेको महाशाखाले उल्लेख गरेको छ।

विभागले वर्षा र हिमपातका कारण चिसो बढ्ने र पहिरो, हिमपहिरो तथा सडक अवरुद्ध हुन सक्ने सम्भावनामा सतर्क रहन सबैलाई आग्रह गरेको छ।