जाँचबुझ आयोगविरुद्धको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश
काठमाडौं । जेनजी आन्दोलनको छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगका पदाधिकारीहरूविरुद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।
आयोगका अध्यक्ष समेतका पदाधिकारी विरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश गरेको हो । गौरीबहादुर कार्की, सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरुद्ध परेको रिटमा बुधबार न्यायाधीश नृपध्वज निरौलाको इजलासले विपक्षीलाई छलफलमा झिकाउने र विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।
जाँचबुझ आयोगका सदस्यहरुले पहिले नै आफ्नो धारणा सार्वजनिक गरिसकेकोले न्यायिक छानबिन हुन नसक्ने जिकरी रिटमा गरिएको छ ।



