राष्ट्रपतिको कतार भ्रमण सरकारद्वारा स्वीकृत

तु खबर संवाददाता
२०८२ कार्तिक १२, बुधबार १६:४३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको कतार भ्रमण सरकारले स्वीकृत गरेको छ ।

आज बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको कतार भ्रमण स्वकृत गर्ने निर्णय गरेको हो ।

राष्ट्रपति पौडेलसहितको टोली कात्तिक १७ गते २० गतेसम्म कतारको औपचारिक भ्रमण जादैछन् । उनले त्यहाँ सेकेन्ड वल्र्ड समिट फर सोसल डेभलपमेन्ट कार्यक्रममा सहभागिता जनाउने कार्यसूची छ ।