तनहुँमा माइक्रो दुर्घटना, १४ जना घाइते

तु खबर संवाददाता
२०८२ कार्तिक ११, मंगलवार १४:१९

काठमाडौँ ।  पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा आज एक माइक्रो दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार, चितवनबाट लमजुङतर्फ जाँदै गरेको बाप्र ०३–००१ ज ०९३७ नम्बरको विद्युतीय माइक्रो चालकले सडकमा नियन्त्रण गुमाउँदा सडकछेउको भित्तामा ठोक्किएको थियो। दुर्घटनाको क्रममा उक्त माइक्रो सडक छेउमा रोकिराखेको नेपाल विद्युत् प्राधिकरणको बा१ञ १२८७ नम्बरको गाडीसँग समेत ठोक्किएको थियो।

घाइतेमा माइक्रो चालक लमजुङको बेँसीसहर नगरपालिका–८ बस्ने ४२ वर्षीय ईश्वरकुमार श्रेष्ठ, चितवनको भरतपुर महानगरपालिका–१६ बस्ने ४५ वर्षीया शान्तामाया तामाङ, ४८ वर्षीया कमई तामाङ, ५५ वर्षीया बुधमाया तामाङ, ४२ वर्षीय गङ्गाबहादुर तामाङ, ४२ वर्षीया होमकुमारी तामाङ, १५ वर्षीया रश्मी तामाङ र ३७ वर्षीय डोलराज तामाङ रहेका छन्।

यस्तै लमजुङको दोर्दी गाउँपालिका–४ बस्ने २० वर्षीया गङ्गा तामाङ, ६३ वर्षीया मैतीमाया तामाङ, नवलपुरको देवचुली नगरपालिका–१७ बस्ने ४७ वर्षीया इन्द्रकुमारी तामाङ, भरतपुर महानगरपालिका–१६ बस्ने गममाया तामाङ, ३० वर्षीय मङ्गली तामाङ र पाँच वर्षीया सिर्जना तामाङ पनि घाइते भएका छन्।

दुर्घटनामा घाइते सबैलाई आँबुखैरेनी अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।