उतार चढाबका बीच शेयर बजारमा झिनो सुधार
काठमाडौँ । दिनभरी उतार चढाब भएको शेयर बजार अन्तिममा भने समालिएको छ । बजार सुरुवातदेखी नै राताम्य यात्रा गरिरहेको थियो । तर, अन्तिम समयमा आएर बजार एकल अकंले बढ्न पुगेको हो ।
हाल लगानीकर्ताको मनोबल कमजोर रहेको छ । राजनीतिक अस्थिरताका साथै देशको अर्थतन्त्रमा देखिन सक्ने खतरालाई लिए लगानीकर्ता डराएको अवस्था छ । जस कारण लगानीकर्ता लगानी गर्ने अझै सहि वातावरण खोजि रहेको देखिन्छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.१९ अकंले बढेर २५०९.०४ बिन्दुमा आइपुगेको छ । आज ३१३ कम्पनीको ५५ लाख ९६ हजार ७७ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६६ करोड १३ लाख रुपैयाँको कारोबार भएको हो ।
बजार बढेपनि आज ८ उपसूचक भने राताम्य भएका छन् । यसदिन वाणिज्य बैंक समूहको ०.३५ प्रतिशत, विकास बैंकको ०.२९ प्रतिशत, फाइनान्स समूहको ०.७२ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.५७ प्रतिशतले शेयर मूल्य घटेको छ ।
आइतबार ९८ कम्पनीको शेयर मूल्य बढेको छ भने १४६ कम्पनीको घटेको छ ।



