मिजार र ढकालको स्वरमा ह्याप्पी तिहार सार्वजनिक (हेर्नुहोस् भिडियो )
हेटौंडा । हरी मिजार र धिरज ढकालको स्वरमा ह्याप्पी तिहार बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । ओएसआर मुभिज युट्युव च्यानलबाट सार्वजनिक सो गीत मिजारले लेखेका हुन् ।
महेन्द्र ओझाले क्यामरा चलाएका हुन् भने उनैको सम्पादन रहेको ह्याप्पी तिहारमा एरेन्ज र कम्पोज अमृत लोहागुनले गरेका छन् । किङ आयुष, सम्झना रानाभाट र मोनिका तामाङको नृत्य रहेको म्युजिक भिडियोमा अजित मग्रान्तीले क्यामरामा सहयोग गरेका छन् । गीतमा भुवन गन्दर्भले मादल बजाएका हुन् भने रत्न विकले बासुरी बजाएका छन् । म्युजिक भिडियोमा मिजार र ढकालसहित पुरुषोतम सापकोटा लगायतकाको अभियन रहेको छ ।
-हेर्नुहोस् भिडियो :
