आज शेयर कारोबार बन्द, भोलिदेखि नियमित सञ्चालन हुने

तु खबर संवाददाता
२०८२ आश्विन २०, सोमबार १०:०६
OLYMPUS DIGITAL CAMERA

काठमाडौं । आज सोमबार शेयर कारोबार नहुने भएको छ। सरकारले सार्वजनिक बिदा खारेज गरे पनि आवश्यक तयारी नपुगेका कारण आज शेयर बजार सञ्चालनमा नआउने भएको हो।

धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज (नेप्से), सीडीएस एण्ड क्लियरिङ लिमिटेड (CDSC) र ब्रोकर कम्पनीहरू सबै तयार हुनुपर्ने भए पनि ती निकायहरू तयार नहुँदा आज कारोबार रोकिएको नेप्सेले जनाएको छ।

नेप्सेले जारी गरेको सूचनामा भोलि मंगलबारबाट शेयर कारोबार नियमित रूपमा सञ्चालन हुने उल्लेख गरिएको छ। आज नेप्से कार्यालय खुले पनि धितोपत्र कारोबार भने हुने छैन।