भुटानी शरणार्थी प्रकरणः फरार प्रतिवादी सन्देश शर्मा काठमाडौंबाटै पक्राउ

तु खबर संवाददाता
२०८२ आश्विन १९, आईतवार १६:०३

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका फरार प्रतिवादी सन्देश शर्मा पक्राउ परेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनसन्धान कार्यालयको टोलीले आइतबार पक्राउ गरेको हो ।

उनलाई ललितपुरको बख्खुडोलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । दाङको तुलसीपुर–१६ स्थायी घर रहेका उनलाई आइतबार प्रहरीले ललितपुरबाट पक्राउ गरेको हो ।

सुशीला कार्की नेतृत्वको सरकारले भुटानी शरणार्थी प्रकरणको फाइल अघि बढाएको छ । उक्त प्रकरणमा फरार रहेका अभियुक्तहरुलाई पक्राउ गर्ने कार्यले तीब्रता पाएको छ ।