मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो, दुईतर्फी आवागमन ठप्प
२०८२ आश्विन १३, सोमबार १७:२४
काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको तुईन खोला पुल नजिकै सोमबार ठूलो पहिरो खसेपछि दुुवैतर्फी सवारीसाधनको आवागमन बन्द भएको छ।
डिभिजन सडक कार्यालयका अनुसार तैनाथ अवस्थामा रहेका ३ वटा उपकरणमार्फत निरन्तर रूपमा पहिरो पन्छाउने काम भइरहेको छ। तर, लगातार पहिरो खसिरहेकाले सडक खुल्न थप समय लाग्ने अनुमान गरिएको छ।
चाडपर्वको अवसरमा गन्तव्यतर्फ यात्रामा निस्किएका सयौं यात्रुहरू बाटैमा अलपत्र परेका छन्। समयमै गन्तव्यमा पुग्न नसक्दा उनीहरू असुविधामा परेका छन्।
सडक डिभिजनले छिटोभन्दा छिटो आवागमन सुचारू गर्न कटिबद्ध रहि काम भइरहेको र यात्रु तथा चालकलाई धैर्यपूर्वक लेन अनुशासन पालना गर्न आग्रह गरेको छ।



