साम्पाङको नयाँ राजनीतिक यात्रा : ‘राष्ट्रिय संस्कृति पार्टी’ दर्ता प्रक्रिया सुरु

तु खबर संवाददाता
२०८२ आश्विन १२, आईतवार १६:२८

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘साम्पाङ’ ले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेका छन् ।

‘राष्ट्रिय संस्कृति पार्टी’ नामक दल दर्ताका लागि उनले असोज ७ गते आयोगमा निवेदन दर्ता गराएका हुन् । आयोगका उच्च स्रोतका अनुसार साम्पाङ स्वयं अध्यक्ष रहने गरी दल दर्ताको प्रक्रिया अघि बढाइएको छ ।

निर्वाचन आयोगले पार्टी दर्ताका लागि आवश्यक कागजातहरू हाल रुजु गर्ने कार्य भइरहेको जनाएको छ ।