कोशी राजमार्ग र नेपाल–चीन नाका जोड्ने पुल ९ दिनदेखि अवरुद्ध

तु खबर संवाददाता
२०८२ आश्विन १२, आईतवार १३:०५

काठमाडौं । अविरल वर्षा र बाढीका कारण अवरुद्ध भएको कोशी राजमार्ग र नेपाल–चीन नाका जोड्ने पुल नौ दिनदेखि अझै खुल्न सकेको छैन।

दशैं नजिकिँदै गर्दा अन्य अवरुद्ध राजमार्गहरू खुलिसके पनि कोशी राजमार्ग र नाका जोड्ने पुल भने लामो समयदेखि लगातार बन्द रहँदा यात्रुहरू सास्ती खेपिरहेका छन्।

आज फूलपातीको अघिल्लो दिनसम्म पनि उक्त पुल सञ्चालनमा नआएपछि यात्रुहरूको यात्रा थप कठिन बनेको छ। नारायणगढ–मुग्लिनसहितका अन्य सडकखण्ड खुलिसक्दा कोशी राजमार्ग अझै अवरुद्ध रहनु यात्रु र व्यवसायीका लागि चिन्ताको विषय बनेको छ।