कोशी र बागमतीका पहाडी भूभागमा भारी वर्षाको सम्भावना
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कमजोर भए पनि स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसै क्रममा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही ठाउँ तथा अन्य प्रदेशका पहाड र तराईका भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
आज दिउँसो देशका पहाडी भूभागमा सामान्यतया बदली रही बाँकी स्थानमा आंशिक बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ । साथै अन्य प्रदेशका पहाड र तराई भूभागका केही ठाउँमा पनि वर्षा हुन सक्ने सम्भावना छ ।
आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा हुने तथा देशका अन्य भागका एक-दुई स्थानमा समेत वर्षा हुने सम्भावना छ । विशेष गरी कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा हुने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ ।



