आज देशभर कमजोर मनसुनी प्रभाव, पहाडी भूभागमा मध्यम वर्षाको सम्भावना

तु खबर संवाददाता
२०८२ आश्विन ११, शनिबार ०८:५२
file-photo

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी केही स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना रहेको छ । बाँकी भूभागका थोरै स्थानहरूमा समेत वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।

हाल देशभर मनसुनी वायूको प्रभाव देखिए पनि यसको प्रभाव कमजोर रहेको महाशाखाले जनाएको छ । साथै, स्थानीय वायूको आंशिक प्रभाव पनि मौसममा देखिएको छ ।

आज राति कोशी प्रदेशसहित अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने सम्भावना छ । यद्यपि, कोशी लगायतका पहाडी थोरै स्थानहरूमा मध्यम वर्षा हुने अनुमान गरिएको छ ।