बागमतीका प्रदेश प्रमुख देवकोटाको आह्वान : एकताका साथ अघि बढौँ
हेटौंडा । बागमती प्रदेशका प्रमुख दीपक प्रसाद देवकोटाले दशौँ संविधान दिवशको अवसरमा शुभकामना सन्देश दिँदै संविधानको रक्षा र कार्यान्वयनको लागि सबै एक भएर अघि बढ्नुपर्ने बताएका छन् । उनले देशको वर्तमान परिस्थिति उल्लासपूर्ण नरहेको समेत शुभकामना सन्देशमा उल्लेख गरेका छन् । उनले केही दिन अघिको आन्दोलनबाट भएका सबै प्रकारका क्षतिलाई परिपूर्ति गर्ने गरी आगामी कदम चाल्न पनि आग्रह गरेका छन् ।
नेपालको संविधानले सबै प्रकारको विभेदको अन्त्य गरेको स्पष्ट पार्दै प्रदेश प्रमुख देवकोटाले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकतामा आवद्ध गर्ने काम संविधानले गरेको पनि उल्लख गरेका छन् । संविधानमा लिपिवद्ध हक अधिकार कार्यान्वयनका लागि सबैलाई आह्वान गरेका छन् ।
संविधान कार्यान्वयन मार्फत् राष्ट्रिय समृद्धि हासिल गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रका आधारभूत मुल्य मान्यता र प्रणालीलाई राष्ट्रिय जीवन पद्धति बनाउन संविधान दिवशले सबैमा उत्साह प्रदान गरोस् भन्ने चाहना पनि प्रदेश प्रमुखले व्यक्त गरेका छन् ।



