जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक भए प्रचण्ड

काठमाडौं । जेनजी आन्दोलनपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पहिलोपटक सार्वजनिक भएका छन् । बिहानै पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पुगेका प्रचण्डले कार्यालय परिसरको अवस्था अवलोकन गरेका हुन् ।
आन्दोलन हिंसात्मक बनेपछि प्रचण्डसहितका शीर्ष नेताहरुलाई नेपाली सेनाले ब्यारेकमा सुरक्षा दिएर राखेको थियो । आज सार्वजनिक कार्यक्रममार्फत पार्टी गतिविधिमा सहभागी भएका उनले पेरिसडाँडाको कार्यालय फेरि भव्य नयाँ भवनका रूपमा पुनर्निर्माण गर्ने घोषणा गरे ।
यस अवसरमा उनले कार्यालयमै रहेको सहिद स्मारकमा जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शहीदको सपना पूरा गर्न प्रतिबद्ध रहेको बताएका छन् ।