आगजनी र लुटपाट छानबिन गर्न आयोग बनाउने सरकारको निर्णय

काठमाडौं । आगजनी र लुटपाट सम्बन्धी घटना छानबिन गर्न सरकारले उच्च स्तरीय छानबिन आयोग बनाउने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा आज बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् को बैठकले पूर्व न्यायाधीशको संयोजकत्वमा न्यायिक समिति बनाउने गृहमन्त्री ओम प्रकाश अर्यालले बताए ।
जेनजी समूहद्वारा घोषित आन्दोलनमा सुरक्षाकर्मीको गोली लागी मृत्यु तथा घाइते भएको भन्दै आक्रोशित मानिसहरुको भीडले सार्वजनिक तथा नीजि सम्पत्ति तोडफोड र आगजनी गरेको थियो । त्यसपछि कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले यसको छानबिनको लागि आयोग बनाउने निर्णय गरेको हो ।
त्यस्तै आजेको बैठकले मृतकलाई जनही १० लाखको दरले क्षतिपूर्ति तथा ५ लाख रुपैयाँ अन्य खर्च उपलब्ध गराउने निर्णय गरेको छ । साथै बैठकले जेन जी स्मारक बनाउने निर्णय समेत मन्त्रिपरिषद् बैठकले गरेको छ ।