असोज १ गते शोक विदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले आगामी असोज १ गते शोक विदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरुप्रति शोक प्रकट गर्न देशभर सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
गृह, कानुन तथा संसदीय मामिला मन्त्री ओमप्रकाश अर्यालका अनुसार असोज १ गते सरकारी कार्यालय, विद्यालय तथा सार्वजनिक संस्थान बन्द हुनेछन् । सो दिन देशभर झण्डा आधा झुकाइने छ ।
सरकारले ज्यान गुमाएका व्यक्तिहरूलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय समेत गरेको छ ।