प्रधानमन्त्री सुशीला कार्की जेनजी आन्दोलनका घाइते भेट्न अस्पतालमा

तु खबर संवाददाता
२०८२ भाद्र २८, शनिबार १६:२५

काठमाडौँ । नेपालकी नवनियुक्त अन्तरिम सरकार प्रमुख सुशीला कार्की शनिबार जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई भेट्न विभिन्न अस्पताल पुगेकी छन्।

प्रधानमन्त्री कार्कीले राष्ट्रिय ट्रमा सेन्टर र बानेश्वरस्थित सिभिल अस्पतालमा उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाको बारेमा  बुझेकी छन। भेटका क्रममा उनले चिकित्सकहरूसँग उपचार प्रक्रियाबारे जानकारी लिएर घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन।

जेनजी आन्दोलनका क्रममा भएको हिंसा र झडपमा परी सयौँ प्रदर्शनकारी घाइते भएका थिए। कार्कीले आन्दोलनका क्रममा क्षतिग्रस्त भएका केही प्रहरी चौकीहरूको समेत स्थलगत अनुगमन गर्ने तयारी रहेको स्रोतले जनाएको छ।

उनले आन्दोलनमा परी घाइते भएकाहरूको उपचारलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।