भारतद्वारा सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारलाई स्वागत

काठमाडौँ । युवाहरूको आन्दोलनपछि पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीको नेतृत्वमा गठन भएको नयाँ अन्तरिम सरकारलाई छिमेकी भारतले स्वागत गरेको छ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तरिम प्रधानमन्त्री बनेकी कार्कीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत सन्देश पठाएका छन्। उनले नेपालको नयाँ राजनीतिक परिवर्तनलाई शान्ति र स्थायित्वको दिशामा उठाइएको सकारात्मक कदमका रूपमा व्याख्या गरेका छन्।
शुक्रबार राति नै भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै सुशिला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारलाई समर्थन जनाएको थियो। विज्ञप्तिमा भनिएको छ, “हामीलाई आशा छ कि यसले नेपालमा शान्ति र स्थिरतालाई प्रवद्र्धन गर्न मद्दत गर्नेछ।”
भारतले आफूलाई नेपालको सबैभन्दा नजिकको छिमेकी, लोकतान्त्रिक मित्र र दीर्घकालीन विकास साझेदारका रूपमा प्रस्तुत गर्दै दुई देश र जनताको समृद्धिका लागि मिलेर काम गर्ने प्रतिबद्धता दोहोर्याएको छ।