त्रिभुवन विमानस्थल साँझ ६ बजेसम्म बन्द, आपतकालीन उडान मात्र सञ्चालन

काठमाडौं । राजधानीमा बाक्लो धुँवा फैलिँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज साँझ ६ बजेसम्म बन्द हुने भएको छ। मंगलबार अपराह्नदेखि बन्द गरिएको विमानस्थलमा धुँवा हट्ने अवस्था नभएकाले अझै नखुल्ने निर्णय गरिएको हो।
अर्को निर्णय नभएसम्म विमानस्थलबाट सम्पूर्ण उडान रोकिएका छन्। तर आपतकालीन तथा चिकित्सकीय उडान भने सञ्चालन हुने व्यवस्था गरिएको छ।
यसअघि मध्याह्न १२ बजेसम्मका लागि मात्र विमानस्थल बन्द गर्ने निर्णय भएको थियो। तर परिस्थितिमा सुधार नआएपछि बन्दको समय थप गरी साँझ ६ बजेसम्म पुर्याइएको हो।