प्रधानमन्त्री ओलीको राजीनामा, मन्त्रालय र कार्यालयहरुमा आगलागी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । देशव्यापी प्रदर्शन भड्किएपछि प्रधानमन्त्री ओलीले केहीबेर अघि पदबाट राजस्नामा दिएका हुन् । असामान्य परिस्थितिलाई ध्यानमा राख्दै प्रधानमन्त्रीले राजीनामा दिएको जानकारी दिएका छन् ।
यस अघि प्रदर्शनीहरु सिंहदरबार, संसद् भवनभित्र प्रवेश गरेका थिए । प्रदर्शनकारीहरूको आक्रोशति भीडले संसद् भवनमा आगजनी गरेका हुन् । त्यसैगरी प्रदर्शनकारीहरु प्रधानमन्त्री ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रपति रामचन्द्र पौडेल, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन, काँग्रेस नेता गगन थापा, विश्वप्रकाश शर्मालगायतका घरमा आगो लगाइ दिएका छन् । त्यस्तै भैसेपाटीस्थित सातै प्रदेशका मुख्यमन्त्री निवासमा पनि आगो लगाइदिएका छन् ।
मकवानपुरमा पनि आगजनी र तोडफोड
यसैगरी, मकवानपुरको हेटौंडामा रहेका सरकारी कार्यालय, मन्त्रालय, प्रदेशसभा भवनमा पनि आन्दोलनकारीहरुले आगो लगाइ दिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालय, कृषि तथा पशपंक्षी मन्त्रालय, खानेपानी उर्जा तथा सरसफाइ मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र श्रम तथा यातायात मन्त्रालयमा पनि प्रर्दशनकारीहरुले आगो लगाइदिएका हुन् । दिउँसो १ बजेबाट कर्फर्यु आदेश जारी गरिएको भएपनि प्रभवकारी देखिएको छैन । अहिले पनि हेटौंडाका चोकचोकमा प्रर्दशनहरु भइरहेका छन् ।
त्यस्तै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, एमालेका प्रमुख सचेतक महेश बर्तौला, प्रदेशसभा सदस्य एकलाल श्रेष्ठ, हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामालगायतकाको घरमा पनि आगलागी तथा तोडफोड गरेका छन् ।