त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपमा बन्द, सबै उडान प्रभावित

तु खबर संवाददाता
२०८२ भाद्र २४, मंगलवार १३:४०

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) पूर्ण रूपमा बन्द गरिएको छ। आकाशमा रहेका जहाजहरूलाई सुरक्षित अवतरण गराएपछि बाँकी सबै उडान रद्द गर्दै विमानस्थल अस्थायी रूपमा बन्द गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

गोठाटारसहितका क्षेत्रमा निरन्तर आगलागीका घटना भइरहेका कारण हवाई सुरक्षा प्रतिकूल बनेको भन्दै विमानस्थल बन्द गरिएको हो। आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएका छन्।

विमानस्थल परिसरमा नेपाली सेनाले कडा सुरक्षा व्यवस्था गरेको छ भने प्रशासनले थप अप्रिय घटना नहोस् भनेर निगरानी बढाएको छ।