जेनजी प्रदर्शन : मृत्यु हुनेको संख्या १४ पुग्यो

काठमाडौं । अभिव्यक्ति स्वतन्त्रता खोस्ने सरकार र भ्रष्टाचारविरुद्ध सुरु भएको जेन जी आन्दोलनमा थप एक जनाको मृत्यु भएपछि उपत्यकामा मृतकको संख्या १४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार सिभिल अस्पतालमा उपचाररत गम्भीर घाइते एक प्रदर्शनकारीको सोमबार दिउँसो मृत्यु भएको हो ।
मन्त्रालयले दिउँसो साढे ३ बजेसम्म १३ जनाको मृत्यु भइसकेको जानकारी दिएको थियो । तर, त्यसपछि सिभिल अस्पतालमा थप एकजनाले ज्यान गुमाएपछि मृतक संख्या बढेको हो ।
मृतकमध्ये ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा ३, एभरेष्ट अस्पतालमा ३, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जना रहेका मन्त्रालयले जनाएको छ ।