जेनजी प्रदर्शन : एक जनाको मृत्यु, करिब ७० बढी घाइते

काठमाडौँ । राजधानी काठमाडौंमा जेनजी पुस्ताले गरेको प्रदर्शन क्रममा एक जनाको मृत्यु भएको छ भने करिब ७० जना बढी घाइते भएका छन् ।
प्रहरीको गोली लागेर गम्भीर घाइते भएका एक प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
बानेश्वरस्थित संसद् भवन अगाडि भएको प्रदर्शनमा सुरक्षाकर्मी र प्रदर्शनकारी दुवैतर्फ करिब ७० जना घाइते भएका छन् । घाइतेहरूको मीनभवनस्थित सिभिल अस्पताल र अन्य अस्पतालहरूमा उपचार भइरहेको छ ।
गोली लागेका अर्का एक प्रदर्शनकारीको अवस्था गम्भीर रहेको प्रहरी स्रोतले जनाएको छ ।