काठमाडौंमा कर्फ्यू आदेश जारी, दिउँसो १२:३० देखि राति १० बजेसम्म लागू

तु खबर संवाददाता
२०८२ भाद्र २३, सोमबार १२:४४

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नयाँ बानेश्वर आसपासका क्षेत्रलाई केन्द्र बनाएर कर्फ्यू आदेश जारी गरेको छ ।

जिल्ला प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम आइतबार अपरान्ह १२:३० बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यू आदेश लागू हुने जनाएको हो ।

कर्फ्यू आदेश बानेश्वर चोकदेखि पश्चिमतर्फ एभरेस्ट होटल हुँदै बिजुलीबजार पुलसम्म, पूर्वतर्फ मिन भवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, उत्तरतर्फ आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म र दक्षिणतर्फ शंखमुल ओरालो हुँदै शंखमुल पुलसम्मको क्षेत्रलाई घेरेर जारी गरिएको छ ।

कर्फ्यू अवधिभर उक्त क्षेत्रभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको सभा, जुलुस, प्रदर्शन, घेराउ, बैठक वा भेला गर्न नपाइने जिल्ला प्रशासनले जनाएको छ