काठमाडौँ महानगरपालिकाले ल्यायो २५अर्ब ७६ करोडको बजेट

तु खबर संवाददाता
२०८२ असार २९, आईतवार १६:१८

काठमाडौँ । काठमाडौंँ महानगरपालिकाले आगामी वर्ष २०८२ ०८३ का लागि २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजारको बजेट ल्याएको छ । उपप्रमुख सुनिता डंगोलले आज बसेको नगरसभामार्फत् सार्वजनिक गरेको नीति,कार्यक्रम तथा बजेटमा यस्तो व्यवस्था गरिएको हो ।

उपप्रमुख डंगोलले आगामी आर्थिक बर्ष २०८२र८३ को लागि रु २५ अर्व ११ करोड ४३ लाख ४१ हजार रुपैया संचित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैया अन्य वाह्य व्ययभार हुने गरी कुल रु।२५ अर्व ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको अनुमानित बजेट पेस गरेकी हुन् ।

प्रमुख बालेन शाह र प्रमुख प्रशासकीय अधिकृतबीचको किचलोका कारण कार्यपालिका बैठक बस्न सकेको थिएन भने महानगरपालिकाको बजेट अन्यौल भएको थियो । तर, अस्ति शुक्रबार प्रमुख शाहले कार्यपालिकाको बैठक राखेर आइतबार बजेट सार्वजनिक हुने बताएपछि आज बजेट आएको हो ।

यसअघि उपप्रमुख डंगोलले महानगरवासीसँग माफी मागेकी छिन् । समयमै बजेट ल्याउन नसकेको भन्दै उनले माफी मागेकी हुन् ।