इन्धनको स्वीच अफ गरिएका कारण भएको थियो एयर इन्डियाको जहाज दुर्घटना

तु खबर संवाददाता
२०८२ असार २८, शनिबार ०७:१९
तस्बिरः छानबिन समितिको प्रतिवेदन

काठमाडौं । भारतबाट लण्डनका लागि उडान भरेको फ्लाइट नं. १७१ को बोइङ ७३७ जहाज इन्धनको दुबै स्वीच अफ भएका कारण दुर्घटना भएको खुलेको छ ।

दुर्घटनाका कारण पत्ता लगाउन गठित छानबिन समितिले राति सार्वजनिक गरेको प्रतिवेदन अनुसार, दुर्घटनामा गम्भीर मानबीय त्रुटी भएको उल्लेख गरिएको छ ।

जहाज उडेलगत्तै दुबै इन्धनको स्वीच अफ गरिएकोले यो दुर्घटना भएको हो । दुबै पाइलटमध्ये कसले इन्धनको लाइन काटेका हुन्, त्यो भने प्रतिवेदनमा खुलाइएको छैन ।
यसका साथै प्रारम्भिक प्रतिवेदनमा मुख्य पाइलट सुमित सुभरवालले को पाइलट क्लीभ कुन्दरलाई जहाजको कमाण्ड सम्हाल्ने जिम्मेवारी दिएको खुलेको छ । प्रतिवेदनमा उल्लेख भए अनुसार को पाइलट क्लीभले जहाज उडाइरहेका थिए र क्याप्टेन सुमित अनुगमन गरिरहेका थिए ।

जहाज जहाजले टेकअफ गरे लगत्तै एक जना पाइलटले यो किन बन्द भयो भनेर सोधिएको अडियो भ्वाईस फ्लाईट डाटा रेकर्डरमा सुनिएको छ । सोही समयमा अर्को पाइलटले मैले बन्द गरेको छैन भन्ने जवाफ दिएको पनि सुनिएको छ ।

प्रतिवेदनमा इन्धनको दुवै स्वीच अफ भएकोले जहाजका थ्रस्ट नभएर दुर्घटनामा परेको प्रारम्भिक प्रतिवेदनमा निष्कर्ष दिन खोजिएको छ । यद्यपि उक्त जहाजको दुवै इन्धनको स्वीच अफ पाइलट वा को पाइलट कसबाट भयो भन्ने विस्तृत खुलाइएको छैन ।

 

प्रतिवेदनमा बन्द भएको दुवै इन्धन तत्कालै खुल्ला गरिएको र एउटा इन्जिन स्टार्ट भई पुनः थ्रस्ट दिन सुरु गरेको भएपनि अर्को इन्जिन स्टार्ट मात्रै भएको र थ्रस्ट दिन नसकेको उल्लेख छ ।

टेक अफ लगत्तै जहाजको दुवै इन्धन स्वीच बन्द गरिएकोले जहाजको इन्जिन बन्द भई पावर लसका कारण माथितिर जानुपर्ने जहाज तलतिर झरेको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।

जहाजका क्याप्टेनले धावनमार्गको पर्खाल पार गर्दा गर्दै युनिभर्सल समय ८ः०९ः०५ बजे मेडे मेडे भनेर गुहार मागेका थिए । लगत्तै जहाज नजिकैको होस्टेलमा बजारिन पुगेको थियो । दुर्घटनामा कूल २६० जनाको निधन भएको थियो । २२९ जना यात्रु १२ जना क्रु मेम्वरका निधन भएको थियो भने एक जना जीवित रहन सफल भएका छन् ।

हेर्नुहोस्, प्रारम्भिक प्रतिवेदन

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab