यस्तो आयो आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति (पूर्णपाठसहित)
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर डा. विश्वनाथ पौडेलले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।
सार्वजनिक गरिएको नीति अनुसार, अब घर खरिद गर्न साबिकको २ करोड सिमालाई बढाएर ३ करोड रुपैयाँ पुर्याइने छ । त्यस्तै चेक अनादर सम्बन्धी व्यवस्थालाई थप परिमार्जन गरिने पनि नीतिमा उल्लेख छ । नेपाल सरकारले तोकेको पूर्वाधार क्षेत्रमा लगानीका लागि स्थापना भएका निकायलाई श्रोत जुटाउन जारी गरिएका डिबेन्चरमा बैंक तथा वित्तिय सस्थाले लगानी गर्न सकिने व्यवस्था मिलाउने पनि नीतिमा उल्लेख छ ।
नेपाल सरकारद्वारा आगामी वर्षको बजेट बक्तव्य मार्फत् घोषणा गरिएका कार्यक्रमहरुमा सहुलियतपूर्ण कर्जा प्राप्तीका लागि पनि राष्ट्र बैंकले आवश्यक व्यवस्था मिलाउने भएको छ ।
ग्राहकको क्रेडिट स्कोरको आधारमा समेत कर्जा प्रवाह गर्ने व्यवस्था मिलाउने राष्ट्र बैंकको घोषणा छ । त्यस्तै बैदेशिक रोजगारीमा जाने युवाहरुलाई धितो लिई वा नलिई प्रवाह गरिएको ३ लाखसम्मको कर्जालाई विपन्न बर्गको कर्जामा गणना गर्ने व्यवस्था मिलाइने नीतिमा घोषणा गरिएको छ । यस्तो कर्जा महिलाले लिएको रहेछ भने त्यसमा ५ लाखसम्म कायम गरिएको छ ।
त्यस्तै ऋणीसँग नेपाल राष्ट्र बैंक कार्यक्रम समेत लागू गर्ने नीति सार्वजनिक भएको छ ।
