साम्बाको ह्याट्रिकमा नेपाल बिजयी

काठमाडौं । टिम कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले ह्याट्रिक गोल गरेपछि नेपालले एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह एफको दोस्रो खेलमा श्रीलंकालाई स्तब्ध पार्दै विजय भएको छ ।
तास्केन्तस्थित मिल्ली स्टेडियमा भएको खेलमा नेपालले ८-० को जित फराकिलो जीत निकालेको हो। नेपालका लागि साम्बाको ३ गोलसँगै गिता रानाको २ गोल तथा निशा थोकर, रेखा पौडेल र पुजा रानाले १-१ गोल गरेका छन् । नेपालले दुवै हाफमा ४-४ गोल गर्यो ।