सरकारी सुबिधा फिर्ता गर्न पूर्वराष्ट्रपति भण्डारीको निवेदन
काठमाडौँ । सक्रिय राजनीतिमा आउने घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवा सुविधा फिर्ताका लागि गृह मन्त्रलायललाई अनुरोध गरेकी छिन् । निवेदन नै दिएर पूर्वराष्ट्रपति भण्डारीले सरकारी सेवा सुविधा फिर्ताका लागि अनुरोध गरेकी हुन् ।
पूर्वराष्ट्रपति भण्डारीले आज असार १८ गतेकै मितिदेखि लागू हुने गरी सुविधा नलिने गरी अनुरोध गरेकी हुन् । पूर्वराष्ट्रपतिको हैसियतमा राज्यद्वारा प्राप्त सेवा सुविधा नलिने उनको भनाई छ ।
केही दिन अघि मदन भण्डारी फाउण्डेशनको कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले एमाले मार्फत् सक्रिय राजनीतिमा सहभागी हुने घोषणा गरेकी थिइन् । पूर्वराष्ट्रपति भएर पनि सक्रिय राजनीतिमा फर्किन लागेको भन्दै धेरैले भण्डारीको आलोचना गरिरहेका छन् भने एमालेभित्र भण्डारी पार्टीमा सक्रिय राजनीतिमा लाग्नुपर्ने मत बढी छ ।



