दिलभूषण पाठकविरूद्ध अदालतमा मुद्दा दर्ता

तु खबर संवाददाता
२०८२ असार १६, सोमबार १७:२५
फोटो : काठमाडौं जिल्ला अदालत

काठमाडौँ । परिवर्तित नाम साइबर ब्युरोको उजुरीको आधारमा पत्रकार दिलभुषण पाठकविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार पाठकविरुद्ध मुद्धा दायर हो ।

विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिम पाठक विरुद्ध दायर भएको मुद्धामा एक लाख जरिवाना र ५ वर्ष कैद सजायको माग गरिएको छ ।

पाठकले विद्युतीय माद्यमको प्रयोग गरी घृणा, द्वेष फैलाएर चरित्रहत्या गरेको उजुरीमा उल्लेख छ ।

पाठकले आफूद्वारा उत्पादित तथा प्रसारित सामग्रीमा तथ्यको प्रयोग नगरी चरित्रहत्या गरिएको र निजलाई कारवाही गरी पाउन उजुरी परेको हो । सो उजुरीको अनुसन्धान गरी प्रहरीले सरकारी वकिलमार्फत् अदालतमा मुद्धा दर्ता गरेको हो ।