यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असार १६ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार अमेरिकी डलर एकको खरीददर १३६.४७ रुपैयाँ र बिक्रीदर १३७.०७ रुपैयाँमा स्थिर रहेको छ।
१० जापानिज यनको खरीदमूल्य ९.४३ रुपैयाँ र बिक्रीमूल्य ९.४७ रुपैयाँ, साउदी अरेबियन रियाल एकको खरीदमूल्य ३६.३९ रुपैयाँ र बिक्रीमूल्य ३६.५५ रुपैयाँ र कतारी रियाल एकको खरीदमूल्य ३७.३४ रुपैयाँ र बिक्रीमूल्य ३७.५० रुपैयाँ तोकिएको छ।
यता यूएई दिराम एकको खरीददर ३७.१६ रुपैयाँ र बिक्रीदर ३७.३२ रुपैयाँ, मलेसियन रिंगिट एकको खरीददर ३२.२७ रुपैयाँ र बिक्रीदर ३२.४१ रुपैयाँ र दक्षिण कोरियन वन १०० को खरीददर १० रुपैयाँ र बिक्रीदर १०.०४ रुपैयाँ तोकिएको छ।