नागरिकता विधेयक २०८२ (दोस्रो संशोधन) प्रतिनिधिसभाबाट पारित

काठमाडौँ । नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२ प्रतिनिधिसभा बैठकबाट पारित भएको छ । आज शनिबार बसेको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रमेश लेखकले पेस गरेका सो बिधेयक बहुमतले पारित भएको हो ।
नेपाली नागरिक आमाबाट जन्मिएका सन्तानले आमाको नामबाट नागरिकता प्राप्त गर्ने व्यवस्थालाई सहज बताउन नयाँ विधेयक ल्याएको गृहमन्त्री रमेश लेखकले बताए । छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले नेपाली नागरिकलाई नागरिकताविहीन हुनुपर्ने अवस्था अव नरहने बताए ।
साथै उनले गैर आवसीयहरुको नागरिकताका सम्बन्धमा पनि छिट्टै सम्बोधन गर्ने बताए ।