अधिवक्ता केसीलाई २५ हजार धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौंले अधिवक्ता सुजित केसीलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि सो रकम बुझाएर उनी छुटेका छन् ।
विद्युतीय कारोबार ऐन २०६३ लगाएर प्रहरीले सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाएको थियो । सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्धा दर्ता गरेको थियो ।
त्यसको आधारमा जिल्ला अदालत काठमाडौंमा दायर मुद्दामा न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले उनलाई २५ हजार रुपैयाँ धरौटी माग्ने आदेश गरेको थियो । सो रकम बुझाएर केसी थुनामुक्त भएका हुन् ।