प्रहरीद्वारा लागूऔषध सहित पाँच जना पक्राउ

काठमाडौं । नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका(४ देवीनगर टोलबाट नियन्त्रित लागूऔषध स्पास्मो २ सय १ ट्यब्लेट सहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ हरियालीनगर बस्ने २९ वर्षीय अबिनाश परियार, सोही नगरपालिका-४ दुर्गा मन्दिर बस्ने २६ वर्षीय भरत विक र २६ वर्षीय समिप पौडेल रहेका छन् । इलाका प्रहरी कार्यालय बर्दघाट प्रहरीले उनीहरूलाई ती लागुऔषध सहित पक्राउ गरेको हो ।
त्यस्तै बर्दिया, राजापुर नगरपालिका(४ भन्सार चोकबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय मिलिग्राम सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत लखिमपुर थाना तिकुनिया बस्ने ३६ वर्षीय गुरूपाल सिंह र भारत निगोरी साजानपुर बस्ने २८ वर्षीय अमृत पाल सिंह रहेका छन् ।
इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले युपि ३१ बिएल ८६३६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक गुरूपाल र मोटरसाइकलमा सवार अमृतलाई पक्राउ गरेको हो ।
यी दुबै घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।