कोषका सदस्यसचिव सहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापासहित १४ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले उनीहरु विरुद्ध विशेष अदालतमा आइतबार मुद्धा दर्ता गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । पशुपतिमा विद्युतीय शवदाह गृहमा जडान गर्ने मेसिन खरिदमा कोषको रकम हिनामिना गरी भ्रष्टाचार गरेको दावी अख्तियारको छ ।
कोषका तत्कालिन निमित्त सदस्य सचिव राजुकुमार खत्री, तत्कालिन कार्यकारी निर्देशक घनश्याम खतिवडा, तत्कालिन निमित्त उपनिर्देशक रेवतीरमण अधिकारी, सिताराम रिसेल, इन्जिनियर पशुपति ठाकुर, इन्जिनियर डेनिस उप्रेती, इन्जिनियर रमेश पुरी, लेखा अधिकृत चन्द्र प्रसाद खनाल, इन्जिनियरिङ अध्ययन सस्थान पुल्चोकका उपप्रध्यापक युवराज अधिकारी, कानूनी सल्लाहकार लैनबहादुर थापा, म्याप इन्टरप्यनरका संचालकहरु मनोज पुरी र यदुनन्दन भट्टराई, एप्पल इन्जिनियरिङ प्रोफेसनल कन्सल्टेन्सी र सो का प्रोप्राइटर सुरज चापागाईलाई प्रतिवादी बनाएर अख्तियारले मुद्धा दर्ता गरेको हो ।