स्टिम एक्स पो २०२५ गौरवको कार्यक्रम हो : किसन बास्तोला

तु खबर संवाददाता
२०८२ असार ८, आईतवार १०:३०

– स्टिम एक्सपो २०२५ आयोजना गर्न लाग्नु भएको रहेछ, यसको मुख्य उद्धेश्य के हो ?

यो स्टिम एक्स पो (STEAM Expo) भनेको हेटौंडा अनुसन्धान तथ आविष्कार केन्द्रद्वारा संचालित विद्यालय र विद्यार्र्थीहरूका लागि यस्तो कार्यक्रम हो जहाँ कक्षा ६ देखि १२ सम्मका वा २० वर्ष भन्दा कम उमेरका विद्यार्थीहरूले विज्ञान, प्रबिधि, ईन्जिनियरिङ, कला, गणितलगाएतका विभिन्न १० क्याटोगोरिमा आफ्नो आईडिया वा सोधपत्र वा अध्ययन वा कुनै प्रोटोटाईपको पोस्टर प्रस्तुती गर्न अवसर पाउने छन् । पोस्टर प्रस्तुतीकरण भनेको आफ्नो आईडिया वा अनुसन्धानको दृश्य प्रदर्शन हो, सामान्यतया यस्मा अध्ययनका मुख्य बुँदाहरू, विधिहरू र निष्कर्षहरूको सारांश दिने गरी ठूलो पोस्टर तयार हुन्छ । प्रस्तुतकर्ताहरू तोकिएको समयमा आफ्ना पोस्टरहरूमा उभिन्छन्, अनौपचारिक छलफलमा, व्याख्या विश्लेषणमा संलग्न हुन्छन्, आफ्नो प्रोजेक्टको व्याख्या गर्छन् र सहभागीहरूका प्रश्नहरूको जवाफ दिन्छन् । यो ढाँचाले परम्परागत मौखिक प्रस्तुतीकरणहरू भन्दा बढी व्यक्तिगत अन्तरक्रिया र प्रतिक्रियाको लागि विद्यार्थीहरूलाई आत्मविश्वास बढाउने काम गर्दछ ।

यो कार्यक्रम आयोजना गर्नुको मुख्य उद्धेश्यहरुमा जिज्ञासा, सिर्जनशीलता र नवप्रवर्तनलाई प्रोत्साहन गर्दै बालमस्तिष्कलाई प्रारम्भिक उमेरदेखि वैज्ञानिक सोचतर्फ उन्मुख गराउन यसले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । दस्रो, विद्यार्थीका अभिनव आईडिया, खोज अनुसन्धानलाई राष्ट्रिय अन्तर्राष्ट्रिय प्रदर्शनी, प्रतिस्पर्धाका लागि छनौट गरि तयार गराउनु हो जसले नेपाली विद्यार्थीहरू विश्वका जुनसुकै देशका युवा वैज्ञानिकहरूसंग विज्ञान मेला, प्रदर्शनी, प्रतिस्पर्धाहरूमा बराबरीमा उभिएर आफ्नो प्रतिभा प्रदर्शन गर्न विश्वस्तरीय मंच प्रदान गर्न सहयोग गर्दछ ।

त्यस्तै, फरक फरक विद्यालयहरूमा रहेका ब्यूटिफुल माईन्डहरूको खोजी गर्नु र उनीहरूलाई वास्तविक समस्या समाधानका निम्ति थप अनुसन्धान गर्न सहयोग गर्नु, उनीहरूको आईडियालाई वास्तविकतामा परिणत गर्न आवश्यक सहयोग र वातावरणको निर्माण गरी नवप्रवर्तनमा अघि बढाउनु रहेको छ । त्यसैगरी, स्टिम शिक्षालाई प्रोत्साहन गर्नु अर्थात् विज्ञान, प्रबिधि, ईन्जिनियरिङ, कला, गणितलाई अलि बढी ब्यवहारिक र सिपसंग जोडेर उनिहरूमा वैज्ञानिक सोच संस्कृतिको विकास गर्नु हो ।

त्यतिमात्रै होइन, विद्यालयहरूलाई आफ्ना विद्यार्थीहरूलाई सिर्जनशीलता, अनुसन्धान र नवप्रवर्तन तर्फ अघि बढ्न सहयोग गर्नु हो । र आउने वर्षहरूमा देशभरिका युवा वैज्ञानिकहरूलाई हरेक वर्ष हेटौंडामामा कम्तीम ५ दिन राखी यहाँका सबै विद्यालयका विद्यार्थीहरूलाई उनीहरूको आईडिया प्रस्तुतीकरण हेर्न, सुन्न, सोध्न लगाई बाहिरका विद्यार्थीको ज्ञान हेटौंडामा हस्तान्तरणको वातावरणमा काम गर्नेलगायतका रहेका छन् । हाम्रा विद्यार्थीलाई विश्वका टप विश्वविद्यालयहरूमा पुर्ण छात्रवृत्तिमा पुर्याउनु हो ताकी भविस्यमा उत्कृष्ट विश्वविद्यालयमा लिइएको ज्ञान आफ्नो देशको माटोमा प्रयोग गर्न सकियोस् । समग्रमा स्टिम एक्स्पोको उद्देश्य भनेको हेटौंडा अनुसन्धान तथा आविष्कार केन्द्रले परिकल्पना गरेको अवधारणा विद्यालय बालबालिका देखिनै वैज्ञानिक एबम् प्रबिधिमय पारिस्थितिक प्रणालिको विकासको लागि गरिने विभिन्न गतिबिधी मध्यको एक कार्यक्रम हो ।

– तपाईले नेतृत्व गरिरहनु भएको एस्ट्रोनोभा फाउण्डेसनले यसअघि पनि यस्ता एक्स पो, कार्यशाला गरिरहेको थियो, त्यसबाट कस्तो सफलता प्राप्त भयो ?

अनुसन्धान, आविष्कार भन्ने कुरा रातारात परिणाम देखिने कुरा हैन यो एक निरन्तर प्रकृया हो । पहिलो काम भनेको हामीले यसतर्फ विद्यार्थीहरूलाई डोर्याउने संस्कारको विकास गर्न सकेका छैनौं । अहिले सम्ममा हामी एड्भोकेसिकै चरणमा छौँ । अहिले नै यस्को सफलता खोज्ने बेला भएको छैन । भर्खर सोचबाट लिखत र लिखतबाट कार्यान्वयन तर्फ बामे सर्दै छौ । यद्यपी साना खुड्किलाहरूलाई सफलता मान्ने हो भने हामीले यी चार वर्षमा केही रिमार्केबल उपलब्धीहरू प्राप्त गरेका छौँ ।

जस्तै हामिले पछिल्लो दुई वर्षमा ३ जना विद्यार्थीहरूलाई नेपालबाट प्रतिनिधित्व गर्दै वास्तविक समस्या समाधानको प्रोटोटाईप सहितका सोधपत्र प्रतिष्ठित अन्तर्राष्ट्रिय युवा वैज्ञानिकहरूको सम्मेलनमा प्रस्तुत गर्न सफल भएका छौँ र नेपालले चौँथो स्थान हासिल समेत गरेको छ । हेटौंडाको लागि यो एकदम ठूलो उपलब्धि हो । यस्तै गरी हामिले विश्वविद्यालय विद्यार्थीहरूलाई आवासीय अनुसन्धान सेवा प्रदान गर्दै आएका छौँ । तीनवटा प्रोजेक्टहरूको क्तबचतगउ सुरु भएका छन् । र ९ वटा प्रोडक्टहरूको मेकानिकल डिजाइन सकिएर फ्याबृकेसनका निम्ति तयार छन्, आर्थिक ब्यवस्थापन सहज हुँदा प्रोडक्सनका निम्ति तयार छन्, एक दर्जन जति इनोभेटिभ प्रोटोटाईपहरू तयार गरेका छौँ । र केही डिजिटल प्रोडक्टमा काम भैरहेका छन् । अहिले सम्ममा ५० भन्द बढी साना ठुला कार्यक्रमहरू गरेका छौँ । सिमित साधन श्रोतको बाबजुद हामी यति धेरै काम गर्दै छौँ, सायद यसलाई सफलता मान्नु पर्छ ।

पछिल्लो समय प्रदेश सरकरले योजनामा राख्न सुरु गरेको छ, स्थानीय सरकारले कार्यक्रम गर्नमा विश्वास गरेको छ । यो अर्को सफलता हो ।

यस्तैगरी हामीले काठमाण्डु विश्वविद्यालय स्कुल अफ एजुकेसनसङ्गको सहकार्यमा स्टिम शिक्षक उत्पादन तथा विकासमा केहि कामको सुरुवात गरेका छौँ । हामीले नेपाल गणित संघको सहकार्यमा हरेक वर्ष हेटौंडामा जिल्लास्तरीय र प्रदेशस्तरीय गणित ओलम्पियाड संचालन गराउदैँ आएका छौँ ।

यसमा अझै मैले अलिकती थपे MIT, Harvard, Stanford, Oxford, Cambridge जस्ता विश्वका उत्कृष्ट विश्वविद्यालयहरूमा हाम्रा विद्यार्थीले पुर्ण छात्रवृत्ति पाउछन् । हाम्रा विद्यार्थीले, राष्ट्रियस्तरको प्रतिस्पर्धामा पुग्ने डेढ दर्जन भन्दा बढि विद्यार्थीले विभिन्न अन्तर्राष्ट्रिय विज्ञान मेला, प्रदर्शनी वा प्रतिस्पर्धामा भाग लिन जाने अवसर प्राप्त गर्दछन् । विद्यार्थीहरूको लागि यो भन्दा राम्रो अवसर के हुन सक्छ ?

-अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलतामा स्थानीय तथा प्रदेश सरकारले बजेट विनियोजन गरिरहेका छन्, तपाईलाई सहयोग गर्न इच्छुक छन् कि छैनन् ?

यसमा दुखका साथ भन्नुपर्छ धेरै नेतृत्वकर्तासंग फुर्सद नै छैन यस्ता योजनाहरूको विषयमा बुझ्न, अध्ययन गर्न र योजना बनाउन । उहाँहरू बालबालिकामा लगानी गर्नुपर्छ, अनुसन्धान, नवप्रवर्तन, उद्यमशीलतालाई प्राथामिकतामा राख्नुपर्छ भनेर विभिन्न मंचमा उभिएर कुरा गरेको सुनिन्छ तर कुरा गराई र ब्यवहारमा निकै धेरै ग्याप छ । किनकी यस्ता योजनाहरूले तत्काल परिणाम दिँदैन ।

जुन कुनै काम गर्दा बिचमा कुनै न कुनै प्रकारको सरकारी साथ र सहयोगको आवश्यकता पर्दछ । मेरो चार वर्ष स्थानीय सरकारमा कयौं पटक धाउँदाको अनुभवमा सरकारबाट हामिजस्ता युवाहरूको कार्यसम्पादन प्रभावकारितामा निकै ठूलो क्षती भएको छ । चुस्त दुरुस्त कतै भिटिँदैन वा एकदम कम भेटिन्छ । हाम्रो क्षमतामा १०५ काम हुन पनि मुस्किल छ । अझ हामिजस्तो कुनै राजनीतिक दलमा आवद्धता नभएका युवाहरूले सरकारी सहयोग पाउनु फलामको चिउरा चपाउनु जतिकै अवस्था छ । यद्यपि पछिल्लो समय हेटौंडा उपमहानगरपालिका र प्रदेश सरकार केही सकारात्मक हुन सुरु गरेको छ ।

हामीले ब्यक्तिगत रुपमा करोड भन्दा बढिको लगानी गरेका छौँ । पछिल्लो चार वर्षमा हरेक वर्ष हामीले स्थानीय र प्रदेश सरकारलाई के गर्ने, किन गर्ने, कसरी गर्ने, कति खर्च लाग्छ, यसबाट के फाईदा हुन्छ जस्ता कुराहरू समेटेर आर्थिक विश्लेषण सहितको योजना प्रस्तावना पेश गर्दै आएका छौँ । यो वर्ष प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले आर्थिक वर्ष २०८२ र ८३ को योजनामा अनुसन्धान तथा आविष्कार केन्द्र स्थापन एवम् संचालनका लागि २० लाख रकम बिनियोजन गरेको छ । यस्तै गरी हेटौंडा उपमहानगरपालिकाको नीति तथा कार्यक्रम आउनै बाँकी छ, यहाँ पनि हामीले मेयर साहेबलाई धेरै पटक अनुरोध गरेका छौँ, प्रस्तावना दर्ता गराइएको छ ।

पछिल्लो समय केही सकारात्मक भेटेका छौँ अब केही दिनमै थाहा हुन्छ । तर काम गर्न चै निकै गाह्रो छ । सोचेजस्तो नभए पनी यसलाई हामीले सकारात्मक रुपमा लिएका छौँ, निराशाहरूको बिचमा केही उत्साह भने पक्कै थपिएको छ । यस्ता काम राज्यको दायित्व भित्रको काम हो । दायित्व भित्रपनी उच्च प्राथमिकता भित्रको काम हो । तर राजनीतिक दलका नेतृत्वहरूलाई अनुसन्धान तथा विकासमा खर्च छुट्याउनमा लचिलो र सरल हुने किसिमको कोष निर्माणमा नीति बनाउन आग्रह गर्दछु । युवाहरूको अभिभावकत्व ग्रहण सक्ने साहस गर्न सल्लाह दिन्छु ।

– आर्थिक अवस्था कमजोर भएका विद्याथीहरुलाई एक्सकलरशीपका स्किमहरु छन् कि छैनन् ?

हामी सुबिधा सम्पन्न अनुसन्धान केन्द्र स्थापना र संचालनको प्रकृयामा छौँ । विद्यार्थीलाई निशुल्क वातावरणमा ल्याबवर्क गराउन चाहन्छौं । हाम्रो सोच भनेको कोहिपनी विद्यार्थीहरूको जिज्ञासा् र शृजनशिलता पैसा र साधनश्रोतको अभाव कै अभावका कारण नमरुन भन्ने हो । पर्याप्त साधनश्रोत नभएका कारण विभिन्न कोर्षहरूमा हामीले फि भनेर हैन कि सहयोग भनेर यो वर्षबाट केही शुल्क लिइरहेका छौँ । यो भन्दा अघि हामीले सम्पुर्ण कार्यक्रमहरू निशुल्क रुपमा गराउँदै आएका थियौँ ।

आर्थिक रुपमा कमजोर भएता पनि कुनै आईडिया छ भने वा कुनै क्षेत्रमा ईन्टर्नसिप गर्न चाहन्छ अथवा कुनै सीप विकास गर्न चाहन्छ र नियमित समय दिन सक्छ भने विद्यार्थीलाई हामीले आईडियामा काम गर्न, सिक्नको लागि प्रोजेक्टहरू दिन्छौं, ल्याब फ्यासिलिटी निशुल्क दिदै आएका छौँ । हाम्रो उद्देश्य मुनाफा कमाउनु हैन, विद्यार्थीको क्षमता विकासमा सहयोग गर्नु हो ।

शुल्क लाग्ने तालिमहरूमा आफ्नो विद्यालयको प्रधानाध्यापकको र वडाको सिफरिस ल्याएमा पुर्ण रुपमा छात्रवृत्ति दिदै आएका छौँ ।

– विद्यार्थीलाई पढाउँदै आर्थिक उपार्जनका काममा सहभागी गराउने तपाईको योजना कहाँ पुग्यो, नेपालमा यस्तो संभावना छ र ?

योजना स्पष्ट छ र सकिन्छ पनि । हेटौंडामा प्लस टू वा यो भन्दा माथि लगभग १० हजार विद्यार्थी छन् । यी सबै विद्यार्थीलाई हप्तामा कम्तिमा २० घण्टा अनिवार्य काम गर्न लगाउन सकिने योजनाहरू छन् तर यो कार्यान्वयन गर्न नीतिगत रुपमा काम गर्नुपर्ने हुन्छ र सुरुवाती आर्थिक ब्यवस्थापन गर्नुपर्ने हुन्छ । स्था

नीय सरकारले यो काम सजिलै गर्न सक्छ तर राम्रै ईक्षाशक्ती र दृढता आवश्यकता पर्दछ । तर ब्यक्तिगत प्रयासबाट सोचेजति प्रभावकारी हुन सकिरहेको छैन र पनि अहिले हामीले १५ जना विद्यार्थीहरूलाई जनशक्तिको रुपमा तयार बनाईरहेका छौँ, माथी भनिहाले केही बिजनेस स्टार्टअप सुरू भैरहेका छन्, केही अनुसन्धान कै चरणमा छन् । योजना अनुरुप नै केही वर्ष भित्र उदाहरण देखिनेगरी काम गरिरहेका छौँ ।

नेपालमा अहिले समस्या भनेकै बेरोजगारीको हो, दक्ष जनशक्ती विकास तथा उत्पादन र उनीहरूको अधिकतम परिचालन नै ठूलो समस्या हो । र समस्या नै नवप्रवर्तनको लागि अवसर हो त्यसैले यहाँ ठूलो सम्भावना छ ।

असार १३ गतेको एक्सपोमा सहभागी हुनेहरु कति छन्, ती कस्ता व्याकग्राउण्डका छन् र तिनीहरुको पोजेक्टलाई तपाइको सस्थाले कसरी सहयोग गर्छ ?

हामीले ५० भन्दा बढी स्टलहरूमा १५० भन्दा बढी विद्यार्थीहरूको सहभागिता अपेक्षा गरेका छौँ । सरोकारवाला र शैक्षिक नेतृत्वहरूमा पछिल्लो समय शैक्षिक रुपान्तरणमा जागरुकता बढेको पनि छ तर अझै पनि यस तर्फ सोचेजस्तो उत्साहजनक सहभागिताको लागी अग्रसरताको कमी छ । हेटौंडाको लागि यो कार्यक्रम विलकुल नयाँ हो । हामी वैज्ञानिक पारिस्थितिक प्रणाली विकासको निम्ति योजनाबद्ध रुपमा लागि परिरहेका छौँ । भविष्यमा हामीले यो प्रकारको कार्यक्रमलाई एक विशिष्ट पर्वको रुपमा, एक संस्कृतिको रुपमा अघि सार्न खोजिरहेका छौँ ।

हामीले विभिन्न १० विधा अर्थात विद्यार्थीको रुचि अनुसारका व्याकग्राउण्डहरू

Engineering & Robotics, Computer Science & IT, Artificial Intelligence & Data Science, Energy & Environment, Health & Life Sciences, Physics, Astronomy & Mathematics, Social Innovation & Behavioral Science, Disaster Management & Safety, Plant and Animal Science, Education & Assistive Technology मा प्रोजेक्टहरू आह्वान गरेका छौँ । विद्यार्थीले ल्याउने जुनकुनै आइडिया यिनै १० विद्या भित्र राखी दर्ता गर्ने व्यवस्था गरेका छौँ ।

अहिले हामिसंग सम्पर्कमा भएका प्रोजेक्टहरू AI and Computer Vision, IT, Engineering, IoT and Robotics आदि व्याकग्राउण्डका छन् ।
विद्यार्थीहरूको प्रोजेक्ट रजिस्ट्रर भैसकेपछी आईडियामा संस्थाले उक्त आईडियालाई पोस्टर प्रस्तुतीकरण कसरी गर्ने भन्ने वारेमा Research Writing Workshop कसरी प्रस्तुतीकरण गर्ने भन्ने तरिका र आवश्यक सहयोग गर्दछ र एक्स्पोको लागि तयार पार्दछ । हाम्रो फेसबुक पेजमा सबै जानकारी र सम्पर्क नम्बरहरू राखिएका छन् त्यहाँ सम्पर्क गरी थप जानकारी लिन सकिन्छ ।

विद्यार्थीले यो कार्यक्रम मार्फत के सिक्छन् र उनीहरूलाई आउने दिनमा के फाईदा हुन्छ ?

यसको फाईदाको विषयमा धेरै कुराहरू अघि उद्देश्य बाट नै बुझ्न सकिन्छ । यसलाई विद्यार्थीहरूले एक्स्पोजर प्लेटफर्म वा आफ्नो प्रतिभा ठूलो समुदायमा प्रस्तुत गर्ने र पहिचान गराउने अवसरका रुपमा बुझ्न सक्नेछन् । यसको अलवा पोस्टर प्रजेन्टेसनमा ईक्षुक विद्यार्थीहरूले आफ्नो आईडियाको Abstract(Summary), Introduction, Research Question, Methodology, Conclusion and discussion, future work, cost analysis जस्ता अनुसन्धान प्रक्रियाका आधारभुत ज्ञान प्राप्त गर्दछन र तोकिएको साईजमा पृन्ट गरि आफ्नो स्टलमा राख्नेछन् ।

विद्यार्थीहरूको यो कामलाई सम्बन्धित विद्यालय र विद्यार्थीको नाममा जर्नल मार्फत प्रकाशन पनि गरिनेछ जसले उनिहरूलाई भोलिका दिनमा विभिन्न अवसरका ढोकाहरू खुल्न र अघि बढ्न निकै सहयोग पुग्नेछ । विद्यालय तहका विद्यार्थीले अघि भनिएका आधारभुत शब्दहरूको प्रयोग पोस्टरमा ब्यक्त गर्नु नै ठूलो कुरा हो । किनकी अनुसन्धान scientific learning को एक आधारभूत खुड्किलो हो, नयाँ ज्ञान सृजनाको प्रकृया हो । केही नहुँदा पनि उनिहरूमा आत्मविश्वासको बृद्दी, नयाँ नेटवर्किङ, प्रस्तुती कलाको विकास र भविष्यमा स्नातक वा स्नातकोत्तर तहमा लेख्नुपर्ने थेसिस कम्तिमा अरुको नचोरी आफै गर्न सक्ने आधार निर्माण हुन्छ ।

यसको साथमा उनीहरूले सहभागिताको प्रमाणपत्र, राम्रो गर्ने प्रोजेक्टहरूले मेडल र रू ३३ हजार सम्मको नगद पुरस्कार पनि प्राप्त गर्दछन् । ईच्क्षुक विद्यार्थीले रजिस्ट्रेसन गरेपश्चात हाम्रो टिमले सम्पर्क गरी आईडियालाई सोधपत्रको रुपमा पोस्टरमा कसरी राख्ने कुन साईजको प्रिन्ट गर्ने लगायत आवश्यक मार्गदर्शनहरु प्रदान गरिन्छ ।
हामीले हाम्रो विद्यार्थी बाहिर लैजाने क्रममा सिकेको कुराहरु पनि सिकाउने प्रयास गरिनेछ ।

हेटौंडा अनुसन्धान तथा आविष्कार केन्द्रको आगामी दिनको प्राथमिकताका कार्यक्रम वा प्रोजेक्टहरू के कस्ता छन् ?

हाम्रो स्लोगन भनेको Developing Creative, Innovative and Entrepreneurial Mindset in Students from an early age हो । उद्देश्य अनुरुप काम गर्नको लागि हामीले वार्षिक कार्यतालिका बनाएर काम गर्नेगरि योजना बनाएका छौँ सोही अनुसार असारमा हामिले यो ईभेन्ट गरिरहेका छौँ । यस जुनियर अनुसन्धान केन्द्रको उद्देश्य भनेको आवश्यक प्रयोगशाला सहितको अनुसन्धान केन्द्र स्थापना गरी विद्यालय तहदेखि कै विद्यार्थीहरूको लागि वैज्ञानिक एबम् प्रबिधिमय ईकोसिस्टम निर्माण गरी उनीहरूको रुचि र क्षमतालाई ईन्क्यूबेट गरी नवप्रवर्तन र उद्यमशीलतामा लैजानको लागि माइन्डसेटमा काम गर्नु हो । जिज्ञासा, सिर्जनशीलता र नवप्रवर्तनलाई प्रोत्साहन गर्दै बालमस्तिष्कलाई प्रारम्भिक उमेरदेखि वैज्ञानिक सोचतर्फ उन्मुख गराउनु हो ।

यसको लागि हामीले After-School Program को अवधारणालाई अघि सारेका छौँ । यस्तो विद्यालय जहाँ हप्ताको ६ दिन दिनको एक देखि डेढ घण्टा विद्यालय पाठ्यक्रमसँग सम्बन्धित तर फरक ढङ्गबाट तीन दिन समस्या समाधान केन्द्रित गणित र बाँकी तीनदिन आफ्नो रुचिको विषयमा प्रोजेक्टमा आधारित ल्याबमा बसी ब्यवहारिक सिकाईमा केन्द्रीत हुनेछन् । हरेक कक्षामा २१ जना फरक फरक विद्यालयका समान रुचि भएका तहगत विद्यार्थीहरू वर्षभरी विभिन्न प्रोजेक्टहरूमा ल्याबमा व्यस्त भैरहेका हुन्छन् । यसले उनीहरूको Narrow Intelligence nfO{ General Intelligence मा बदल्न ठूलो भुमिका खेल्दछ । यो काम गर्नको निम्ति हामीले स्पस्ट रोडम्याप बनएका छौँ ।

हामी बैशाख देखि चैत्र सम्मको वार्षिक क्यालेन्डर बनाएका छौँ । बजेटको सुनिश्चिततासँगै यो ईकोसिस्टमले काम गर्न सुरु गर्छ । केही जानकारी हाम्रो वेबसाइट भिजिट गरेर पनि हेर्न सकिन्छ ।

विद्यालय, प्रधानाध्यापक  र अभिभावकहरूलाई के भन्न चाहनुहुन्छ ?

सर मेडमहरू जस्तै म पनि बि.स. २०६३ देखि निरन्तर विद्यालयहरूसंगै नजिक छु । हेटौंडाका धेरै जना विद्यालय संचालक, सर, मेडमहरूसँग चिनजान पनि छ । हामी हाम्रै विद्यार्थीहरूको लागी काम गर्दै छौँ, हाम्रै जिम्मेवारी भित्रको काम हो यो । आजको युगमा एक्लै र एउटै संस्थाले गर्न सक्दैन । केही नयाँ अभ्यासहरू गर्न खोज्दै छौँ मिलेर गरौँ, हेटौंडालाई भविष्यमा अनुसन्धान, नवप्रवर्तन र स्टार्टअपको हब बनाउनको लागी आधार निर्माण गर्दै जाऔं । हाम्रो कारण धेरै बालबालिकाहरूको भविष्य बन्ने सवाल छ, समाज रुपान्तरणको जिम्मा हाम्रै हो । हेटौंडामा अनुसन्धान तथा आविष्कार केन्द्र स्थापना एवं संचालनको कार्य अघि बढेको छ । सबैले हातेमालो गर्दै जुनियर अनुसन्धान केन्द्रलाई सहयोग गरौँ, मिलेर शिक्षा क्षेत्रलाई केही नयाँ काम गरौँ भन्न चाहन्छु ।

हामीले यही असार १३ गतेको एक्स्पोका सम्बन्धमा सम्भव भएसम्म भर्चुअल माध्यमबाट वा म्यासेजर, ईमेलबाट र भौतिक रुपमा सुचना र निमन्त्रणा गर्ने प्रयास गरेका छौँ । असार १३ गते फरेस्ट्री म्यूजियममा ९ बजे देखि ४ बजे भित्रमा अवलोकन, निरीक्षण र विद्यार्थीको प्रोजेक्टमा भोटिङ गरिदिनको लागि निमन्त्रणा गरेका छौँ । यदि उहाँहरुसम्म यो निमन्त्रणा नपुगेको भएमा यसै संचारमाद्यमबाट हामी सबै सरोकारवालामा निम्तो गर्न चाहन्छौँ ।

यसको साथै हेटौंडामा एउटा प्रयोगशाला सहितको अनुसन्धान केन्द्र अत्यन्त जरुरी छ, सबैले अपनत्व महसुस गरी सकेको आर्थिक वा नैतिक समर्थन गर्न अनुरोध गर्दछु । र अर्को वर्षका निम्ति विद्यालय विद्यार्थीहरूलाई प्रोजेक्टहरू बनाउन प्रेरित गरिरहन कलेज, विद्यालय, अभिभावक, विश्वविद्यालय विद्यार्थीहरू र सरोकारवाला निकायहरूलाई अनुरोध गर्दछु । हाम्रा राजनीतिक दलका नेताज्यूहरु, प्रदेश सरकारका मन्त्री, राज्यमन्त्री तथा सरकारी निकायका व्यक्तित्वहरु, पालिकाका प्रमुख, उपप्रमुख तथा वडा अध्यक्षज्युहरु सबैलाई असार १३ गतेको कार्यक्रममा निम्तो गर्न चाहन्छु ।

केही गरौँ भन्ने हुटहुटी भएका युवाहरूलाई सहज वातावरण सृजना गरिदिन हुन अनुरोध गर्न चाहन्छु ।