अमेरिकाद्वारा ३ वटा परमाणु केन्द्रमा गोलाबारी

अमेरिकाले इरानका तीनवटा परमाणु केन्द्र फोर्दो, नतांज र इस्फहानमा परमाणु केन्द्रमा आक्रमण गरेको छ ।इजरायलले इरानमा गएको जुन १३ देखि आत्रमण शुरु गरेको थियो ।
यसअघि ट्रम्पले इरानमा युद्धमा सहभागी हुने या नहुने छिट्टै निर्णय लिने बताउनुभएको थियो ।राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्ममा लेखेका छन फोर्दोमा सबै बम खसालिएको छ र सबै विमानहरू सुरक्षित रूपमा अमेरिकामा फर्किरहेका छन् । हाम्रा महान अमेरिकी सैनिकहरूलाई बधाई । संसारमा अरू कुनै पनि सेना यस्तो गर्न सक्दैन । अब शान्तिको समय हो।’